रुबिना क्षेत्रीको कप्तानीमा नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय महिला क्रिकेट टोली घोषणा गरेको छ ।
क्यानले बुधबार मुख्य प्रशिक्षक जगत टमाटाको प्रशिक्षणमा रहेको टोलीमा क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टिमको घोषणा गरेको हो ।
नेपालले आईसीसी महिला टी- ट्वान्टी विश्वकपको एसियाली छनोट खेल्नेछ ।
प्रशिक्षक टमाटाले २४ जना खेलाडीबाट अन्तिम १४ जना खेलाडीको नाम सार्वजनिक गरेका हुन् ।
यूएईमा आयोजना हुने एसियाली छनोट आगामी नोभम्बरमा हुनेछ ।
नेपाली टिमका सदस्यमा कप्तान रुबिन क्षेत्रीऽ डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरित मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजोल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई रहेका छन ।
बैकल्पिक खेलाडीमा सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी छन ।