मरिसससँग २ वटा मैत्रिपूर्ण फुटबल खेल्नको लागि अखिल नेपाल फुटबल संघ एन्फाले प्रारम्भिक ३४ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएको छ । नेपाली राष्ट्रिय पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्ला अलमुताइरीले बोलाएका ३४ खेलाडीमा ७ खेलाडी नयाँ हुन् । विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) को क्यालेन्डर अनुसार नेपालले अफ्रिकी मुलुक मरिसससँग आगामी जनवरी २९ र फेब्रुअरी १ तारिखमा २ वटा मैत्रिपूर्ण खेल खेल्ने छ ।
३४ खेलाडीको नाम यस प्रकार छः
विशाल श्रेष्ठ, दीप कार्की, किरणकुमार लिम्बू, शत्रुधन चौधरी, टेकेन्द्र थापा, आशीष लामा, आयुष घलान, आकास बुढा मगर, अनन्त तामाङ, अन्जन बिष्ट, एरिक विष्ट, विमल घर्ति मगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश हेमजन, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, कृतिस रन्त छुन्जु, मनिष डांगी, नवीन गुरुङ, नितिन थापा, पुजन उपरकोटी, सन्तोष तामाङ, शुभाष गुरुङ, सुदीप गुरुङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनिल बल, सुरजजिउ ठकुरी, सुशील राई, तेज तामाङ