इतिहासमा आजः
आज सेप्टेम्बर २ । आज विश्व इतिहासमा विभिन्न राजनीतिक तथा सामाजिक घटना भएका थिए ।
ग्रेट फायर अफ लण्डन
सन् १६६६ मा लागेको भीषण आगोलागीले लण्डन सहर ध्वस्त पारेको थियो । ग्रेट फायर अफ लण्डनसमेत भनिने सो आगो स्थानीय बेकरीबाट फैलिएको थियो । चार दिनसम्म लागेको आगोबाट सहरका अधिकांश घर र बासस्थान नष्ट भएका थिए ।
नेहरु नेतृत्वको सरकार
व्रिटीश शासनबाट स्वतन्त्र भएपछि सन् १९४६ मा भारतमा अन्तरिम सरकार गठन भएको थियो । संक्रमणकाल व्यबस्थित गर्न अन्तरिम सरकारलाई जिम्मा दिइएको थियो । अन्तरिम सरकारको नेतृत्व जहवारलाल नेहरुले गरेका थिए ।
अमेरिकामा खर्चसम्बन्धी अलग्गै मन्त्रालय
सन् १७८९ मा अमरिकामा खर्चसम्बन्धी छुट्टै मन्त्रालय खडा गरिएको थियो । मन्त्रालयले सरकारको राजस्व र खर्च व्यवस्थापन गर्ने जिम्मा पाएको थियो । अलेक्जेन्डर ह्यामिल्टनले पहिलो पटक सो मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए ।
बेलायतमा जर्जियाली क्यालेण्डर
सन् १७५२ मा बेलायतले पहिलो पटक जर्जियाली क्यालेण्डर चलनचल्तिमा ल्याएको थियो । पश्चिमेली क्यालेण्डरसमेत भनिने सो क्यालेण्डर पश्चिमा मुलुकमा आजभोली सर्वत्र प्रयोग हुन्छ । यसअघि बेलायतले जुलियन क्यालेण्डर प्रयोग गथ्र्यो । नयाँ क्यालेण्डरको प्रयोगसँगै बेलायतको ११ दिन गणना हराएको थियो । सेप्टेम्बर २ पछि एकैपटक सेप्टेम्बर १४ सुरु भएको थियो ।
निर्वासनमा रहेका तिब्बतीको स्वतन्त्र दिवस
सन् १९६० को सेप्टेम्बर २ मा भारत निर्वासनमा रहेका व्यक्तिले पहिलो पटक मध्ये तिब्बती प्रशासनको संसदीय निकाय गठन गरेका थिए । सोही बेलादेखि सेप्टेम्बर २ लाई निर्वासनमा रहेका तिब्बतीले प्रजातन्त्र दिवसको रुपमा मनाउछन् ।