इंग्लिस प्रिमियर लिग (इपिएल) मा क्रिष्टियानो रोनाल्डोले दोस्रो पटक डेब्यु गर्दा म्यानचेस्टर युनाइटेडले सहज जित निकालेको छ । गएराती युनाइटेडले घरेलु मैदानमा न्युकासल युनाइटेडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
युनाइटेडलाई जित दिलाउन खेलाडी क्रिस्टियानो रोनाल्डोले दुई गोल गरे । यस्तै ब्रुनो फर्नान्डेज र जेसे लिंगार्डले एक-एक गोल गरे । न्युकासलका लागी जाभियर मानक्विइलोले सान्त्वना गोल फर्काए ।
१२ वर्षपछि युनाइटेड फर्किएका रोनाल्डोले डेब्यु खेलमै गोल गरेका हुन् । उनी इटालियन क्लब युभेन्ट्सबाट युनाइटेड आएका हुन् ।
जितसँगै युनाइटेड खेल तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । युनाइटेडले चार खेलमा १० अंक जोडेको छ । न्युकासल एक अंक जोडेर १९औँ स्थानमा छ ।
गए राति नै भएको खेलमा टोटनहमले शीर्ष स्थानमा अंक दूरी बढाउने अवसर गुमाएको छ । यसअघि शतप्रतिशत जित निकालेको टोटनहम न्युक्यासल युनाइटेडसङ ३-० गोल अन्तरले स्तब्ध भएको हो । उसको चार खेलबाट ९ अंक छ । चौथो खेलमा पहिलो जित निकालेको क्रिष्टल प्यालेस पाँच अंकसहित ११औँ स्थानमा छ ।
यता, आर्सनलले चौथो खेलमा जित दर्ता गराएको छ । सुरुवाती तीन खेलमा पराजित आर्सनलले घरेलु मैदानमा नर्विज बिरुद्द १-० को जित निकालेको हो । उसको जित कप्तान एमेरिकले खेलको ६६ औं मिनेटमा निर्णायक गोल गरे ।
बर्नाल्डो सिल्भाको निर्णायक गोलमा म्यानचेस्टर सिटिले लेस्टर सिटिलाई १-० गोल अन्तरले पराजित गरेको छ । लेस्टरको मैदानमा सिटिले कठिन जित हालिस गर्दा सिल्भाले खेलको ६२ औ मिनेटमा गोल गरे । जितसँगै सिटीले चार खेलबाट ९ अंक बनाएको छ । सिटी, टोटनहम र ब्रेन्टफोर्डको समान ९ अंक भए पनि सिटी गोल अन्तरको आधारमा तेस्रो स्थानमा छ ।
गए राति नै चेल्सीले एस्टन भिल्लामाथि ३-० को सहज जित निकालेको छ । चेल्सीको जितमा रोमेलु लुकाकु नायक रहे । उनले दुई गोल गरे । माथेयो कोभासिकले १ गोल गरे । लुकाकुले खेलको १५ औं र थपिएको ३ मिनेटमा गरी दुई गोल गर्दा माथेयोले ४९ औं मिनेटमा गोल गरे । जितसँगै १० अंक बनाएको चेल्सी गोल अन्तरका आधारमा युनाइटेड भन्दा दोस्रो स्थानमा छ ।
गए राति भएको अन्य खेलमा उल्भ्सले वाटफोर्डलाई २-० गोल अन्तरले पराजित गरेको छ । साउथह्याम्पटन र वेष्ट ह्याम युनाइटेडले गोल रहीत बराबर खेले । ब्राइटनले नवप्रवेशी क्लब ब्रेन्टफोर्ड माथि १-० को कठिन जित निकाल्यो ।