राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचारको अन्तिम दिन चतौनको नारायणी नदी किनारमा सभा सम्पन्न गर्यो जसमा पार्टीका योजना पनि सार्वजनिक गरिए । पार्टी अध्यक्ष रवि लामिछाने चितवनबाटै उम्मेदवार छन् । उनले पुराना दलमा पनि विगत ३० वर्षदेखि एउटै अनुहार उम्मेदवार बन्ने गरेको भन्दै राजनीतिक सिन्डिकेटका कारण जान्ने व्यक्तिले राजनीतिम अवसर नपाएको बताउँछन् ।
राजनीतिक दलभित्र होस् वा राज्यका नियुक्ति तथा सामान्य जागिरमा क्षमतावान्ले अवसर पाउने स्थितिका लागि सही नेतृत्व छान्नुपर्ने अध्यक्ष लामिछानेले बताए । राष्ट्रिय स्वतन्त्र पार्टी आमजनताको पार्टीका रूपमा निर्वाचनमा आएको उल्लेख गर्दै उनले हरेक काममा नयाँ सोच र नयाँ जाँगरका लागि स्वागत गर्ने बताउनुभयो ।
सो पार्टीले विभिन्न योजना सार्वजनकि गरेको छ जसमा दुई सय ५० मेगावाटको सौर्य ऊर्जा प्लान्ट स्थापना गर्ने, वार्षिक एशिया व्यवसाय कन्फरेन्स गर्ने, नेपालमा दोस्रो स्टक मार्केट स्थापना गर्ने, हरित नारायणी करिडोर स्थापना तथा कर्पोरेट हेडक्वार्टर चितवन राख्ने संस्थालाई विशेष सहुलियत दिने सो पार्टीको घोषणापत्रमा उल्लेख छ । भ्रष्टाचार नियन्त्रणका लागि कसैलाई नछाड्ने, २४ घण्टा हटलाइनमा नागरिकका गुनासा सुनुवाई गरिने, कक्षा १२ सम्मको शिक्षा निःशुल्क गरिने, शिक्षा प्रणालीमा सुधार गरिने घोषणापत्रमा उल्लेख छ ।
मजदुर, किसानका लागि विशेष परिचयपत्र, किसान र मजदुरको गुनासो सुन्न विशेष डेस्क, साना व्यापारीसँग हातेमालो, तनावमुक्त सरकारी कार्यालय, स्वरोजगार, साना व्यापारी आदिको हकहितको सुरक्षा तथा सम्मान, अपराध अनुसन्धानमा तीव्रता र कडाइ, ‘फास्ट ट्र्याक’ कोर्ट, सीमासुरक्षा र छोरी जन्मे घरमा उत्सवजस्ता कार्यक्रम पार्टीले अघि सारेको छ ।