राजधानी काठमाडौंमै घरभित्र पसेर घरधनीहरुलाई बन्धक बनाएर धनमाल लुट्ने गिरोह समात्न प्रहरी सफल भएको छ । गत कात्तिक २८ गते काठमाडौँको बसुन्धारास्थित मधुरविक्रम खनालको घरमा उनकी श्रीमतीसहित अन्य व्यक्तिहरुलाई बन्धक बनाई नगद, सुन, हिराका गरगहनालगायत धनमाल लुटने लुटेरा र लुटिएका सामानसहित पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय काठमाडौँले सार्वजनकि गरेको छ ।
मानिसहरुलाई घाइते बनाई लुटपाट गरेर भागेकाहरुलाई दोलखा र काठमाडौंका वभिन्न ठाउँबाट समातिएको काठमाडौं प्रहरीले जनाएको छ । पत्रकार सम्मेलनमा प्रहरीले दिएको विवरण यस्तो छ-
क) पक्राउ परेका व्यक्तिहरू
१. जिल्ला जुम्ला हिमा गा.पा. वडा नं १ घर भई हाल का.जि सुन्धारा बस्ने बर्ष २० को बिशाल शाही ।
२. जिल्ला कालिकोट तिलागुफा न.पा वडा नं ११ घर भई हाल का.जि का.म.न.पा वडा नं २६ बस्ने बर्ष २४ को तिलक बहादुर शाही ।
३. जिल्ला रामेछाप दोरम्बा गा.पा वडा नं ६ घर भइ हाल का.जि बानेश्वर बस्ने बर्ष २४ को सुवर्ण मगर ।
४. जिल्ला कालिकोट खाणाचक्र न.पा वडा नं ९ घर भई हाल जिल्ला भक्तपुर कौशलटार बस्ने बर्ष २९ को धन बहादुर शाही ।
५. जिल्ला कालिकोट महाबै गा.पा वडा नं २ घर भई हाल का.जि का.म.न.पा वडा नं २६ बस्ने बर्ष ३२ को पर्व राज सिंह ।
६. जिल्ला कालिकोट तिलागुफा न.पा वडा नं ११ घर भई हाल का.जि का.म.न.पा वडा नं २६ बस्ने बर्ष २३ को गंग बहादुर शाही ।
७. जिल्ला कालोकोट खाडाचक्र न.पा वडा नं १० घर भई हाल जिल्ला भक्तपुर सल्लाघारी बस्ने बर्ष २६ को नेत्र बहादुर शाही ।
८. जिल्ला सुर्खेत विरेन्द्रनगर न.पा वडा नं ९ घरभई हाल जिल्ला काठमाडौ सुन्धारा बस्ने वर्ष १९ कि कविता बुढा ।
९. जिल्ला कालिकोट महाबै न.पा वडा नं २ घर भई हाल जि.भक्तपुर सुर्यविनायक न.पा वडा नं २ बस्ने बर्ष २७ को पवन भन्ने पन्च बहादुर सिंह ।
१०. जिल्ला सुर्खेत बिरेन्द्रनगर न.पा वडा नं ९ घर भई हाल का.जि भोटेबहाल बस्ने बर्ष २१ कि दिपिका मल्ल शाही ।
ख) बरामद दशी:
१. सुनको गिलास (तौल ३८.५ तोला लेखिएको) थान-१ ।
२. सुनको तिलहरी थान-१ ।
३. सुनको नौगेडी थान-२ ।
४. हिरा जस्तो देखिने बिभिन्न धातु जडित हार थान-३ ।
५. बिभिन्न दरका नेपाली रूपैया जम्मा २,१३,५००/-
६. वारदातमा प्रयोग भएको हतौडा थान-१ ।
७. चक्कु थान-२ ।
८. पर्खाल चढ्न सिढी जस्तो बनाइएको, हात बाँध्न प्रयोग गरेको लकवाला हत्कडी जस्तो प्लाष्टिक लक ।