नेकपा एमालेको केन्द्रीय समितिको बैठक शनिवारकालागस स्थगित भएको छ ।
आज प्रस्तुत हुन लागेका बाँकी ४ प्रदेशको प्रतिवेदन तथा त्यसमाथी हुन गईरहेको समुहगत छलफल नसकिने देखिए पछि बैठक शनिवारका लागि सारिएको हो ।
एमाले उपमहासचिव प्रदिप ज्ञवालीका अनुसार स्थायी समिति बैठक भोली बस्ने र त्यसपछि मात्रै केन्द्रिय समिति बैठक बस्नेछ ।
हिजो देखी सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष केपी शर्मा ओलीले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका थिए भने महासचिव शंकर पोखरेलले पार्टी बैठकमा हुने छलफलका लागि एजेन्डा पेस गरेका थिए ।
केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सचिव गगन विष्टका अनुसार हिजो पेस गर्न बाँकी रहेका प्रदेश कमिटीका प्रतिवेदन शनिबार प्रस्तुत गरिनेछ । ‘आज गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफ्नो क्षेत्रको प्रतिवेदन पेस गर्नेछन्,’ उनले भनेकी छन्, ‘उक्त प्रतिवेदनमाथी समूह विभाजन गरी छलफल गरिने भएको छ, समूह छलफल पछि प्रदेश अध्यक्षहरूले निष्कर्षका रूपमा सुझाव प्रस्तुत गर्नु हुनेछ ।’
उनका अनुसार हिजो सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोरा, अनुशासन आयोगका प्रमुख केशव बडाल, लेखा आयोगका अध्यक्ष पुष्प कँडेल र निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले आ– आफ्नो क्षेत्रको प्रतिवेदन प्रस्तुत गरेका थिए ।
यसै गरी, मिसन ग्रास रुटका बारेमा पाँच वटा प्रदेश प्रमुखले प्रतिवेदन पेस गरेका थिए । जसअनुसार सुदूर पश्चिमबाट लेखराज भट्ट, कर्णालीबाट योगेश भट्टराई, लुम्बिनीवाट छबिलाल बिश्वकर्मा, मधेसवाट रघुवीर महासेठ र कोशी प्रदेशबाट राजेन्द्र गौतमले आ आफ्नो प्रदेशको रिर्पोट प्रस्तुत गरेका थिए ।
बाँकी रहेका प्रदेश कमिटीहरूले आज आ आफ्नो प्रतिवेदन पेस गर्नेछन् ।