अवरुद्ध संसद सुचारु गर्ने बिषयमा प्रमुख तीन दल छलफलमा जुटेका छन् ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी बैठकमा प्रतिपक्ष दलका नेता केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेतासहित प्रमुख सचेतकहरूको सहभागिता रहेको छ ।
नेकपा माओवादी केन्द्रका सांसद राजन दाहालले ओली सरकारमा पशुपतिनाथमा राखिएको सुनको जलहरीमा अनियमितता भएको र त्यसमा ओलीको संलग्नता रहेको भन्दै विषय उठाए पछि एमालेले सो विषयमा माफी माग्नु पर्ने तथा छानबिन गर्नुपर्ने माग अडान राखिरहेको छ ।
माओवादीले अनावश्यक आरोप लगाएको भन्दै एमालेले संसद अवरुद्ध गरे पछि हिजो २० मिनेटका लागि स्थगित भएको बैठक पुनः सुचारु नै हुन नसके पछि आज ४ बजेका लागि बोलाईएको छ । जसकाकारण सरकारले पेस गरेको नीति तथा कार्यक्रम माथि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसूची भए पनि एमालेको अवरोधका कारण हिजो सम्भव हुन सकेको थिएन ।
आज अवरुद्ध संसद खुलाउनका लागि काँग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र प्रधानमन्त्री दाहालसहित बैठक सुरु भएको हो ।