पार्टीको केन्द्रीय समितिमा ३५ प्रतिशत महिलाको सहभागिता कायम गर्न माओवादी केन्द्रले समितिमा शुक्रवार २२ जना महिलाको सङ्ख्या थप गरेको छ । केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालका अनुसार यस सङ्ख्या थपसँगै माओवादी केन्द्रीय समिति सदस्यको सङ्ख्या ४०७ पुगेको छ ।
केन्द्रीय समितिमा थपिएका महिला सदस्यहरू :-
दिलमाया बूढामगर, नीरमाया श्रीस, नीशा न्यौपाने, आङदावा शेर्पा, इन्दिरा अधिकारी, उमा कपाली, उर्मिला विक, गंगा खड्का, गिताकुमारी कँडेल चौलागाईं, गीता शाही, छमकुमारी खनाल, पार्वती थापा, भगवती तिवारी, मोतिकला चलाउने, लालकुमारी पुन, लिला शर्मा, सपना परियार, सीता दाहाल, सुशिला घिमिरे, सुशीला पौडल, सूर्यकुमारी विक र शरू चौधरी