राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री तथा सांसद डा. धवलशम्शेर राणा अहिले धरौटीमा रिहा भएका छन् । काठमाडौं जिल्ला अदालतले उनलाई रु. ३ लाख धरौटीमा रिहा गर्ने निर्णय गरेकोमा राणा खुसी भएका छन् र अदालतप्रति कृतज्ञता व्यक्त गरेका छन्।
अदालतबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त संवाद गर्दै राणाले भने, “राज्यले हामीलाई फसाउन खोजिरहेको थियो, तर अदालतले हाम्रो अवस्था बुझेर धरौटीमा छोड़्यो। अब पूर्ण न्यायको आशा गरेका छौं।” उनले थपे, “तीनकुनेमा भएको शान्तिपूर्ण आन्दोलनमा राज्यले दमन गरेर हिंसात्मक अवस्था सिर्जना गर्यो र त्यसको जिम्मेवार राज्य नै हो।”
प्रहरीले गिरफ्तारी सूचना संसद सचिवालयमा पठाएपछि राणा र अन्य नेता–कार्यकर्ताहरू चैत १६ गते पक्राउ परेका थिए । पक्राउपछि राणा र रवीन्द्र मिश्रलाई १० दिनसम्म हिरासतमा राखिएको थियो ।
पत्रकारको "राजावादी आन्दोलन हारियो?" भन्ने प्रश्नमा राणाले प्रष्ट प्रतिवादी दिए– “आन्दोलन अझै चलिरहेको छ। हामी दोस्रो चरणको तयारीमा छौं। यो वर्षात र मौसमी अवस्थाले प्रभावित हुनेछ, तर पूर्णतया शान्तिपूर्ण तर सुसंगठित आन्दोलन जारी रहनेछ। हामी हिंसामा विश्वास गर्दैनौं।” उनले थपे, “राज्यले अति प्रतिक्रिया देखाएको देखेर जनताले साहसका साथ विरोध गर्नु पर्ने संदेश दिन चाहन्छु।”
प्रहरीले बोलाएको समयमा उपस्थित नभएको दाबीलाई राणाले सक्षम निर्णय बताए। “बयान दिने र बहस गर्ने सूची लामो थियो। यदि म तत्काल गएका भए फेरि २०–२५ दिन थुनिनुपर्ने स्थिति हुन्थ्यो। अदालतले दिएको सुविधा प्रयोग गरेकाे मात्रै हो,” उनले स्पष्ट पारे। साथै, “रविन्द्र मिश्र पनि चाँडै उपस्थित हुनेछन्” भन्ने विश्वास व्यक्त गरेका छन्।